ad ad

समाज


हेटौँडाबाट स्याउ लिएर काठमाडौँ आउँदै गरेको पिकअप भीरबाट खस्यो, हाम फाल्दा चालक घाइते

हेटौँडाबाट स्याउ लिएर काठमाडौँ आउँदै गरेको पिकअप भीरबाट खस्यो, हाम फाल्दा चालक घाइते

दुर्घटनामा परेको पिकअप गाडी।


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १२:४१, काठमाडौँ

हेटौँडाबाट स्याउ बोकेर काठमाडौँ आउँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ। 

प्रहरीका अनुसार स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना३च ६२४५ नम्बरको पिकअप गाडी गएराति १ बजेतिर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित फाखेल-मातातीर्थ सडकखण्डमा दुर्घटना भएको हो। 

प्रहरी चौकी फाखेलका अनुसार गाडी उकालोमा चढ्न नसकी ब्याक भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।

गाडी खस्न लागेपछि हामफाल्दा चालक पर्साको वीरगन्ज महानगरपालिका-१६, इनर्वा बस्ने अन्दाजी वर्ष २७ का लक्ष्मीप्रसाद यादव सामान्य घाइते भएका छन्। 

सहचालक त्यही ठेगाना घर भएका अन्दाजी वर्ष ३० का रमेश पटेल भने गाडीमा ओट लगाउँदै गर्दा साइड लागी सकुशल रहेको प्रहरीले जनाएको छ। 

घाइते चालकलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .