ad ad

समाज


काठमाडौंमा विदेशी नागरिक मृत फेला

काठमाडौंमा विदेशी नागरिक मृत फेला

नेपालखबर
साउन १६, २०८१ बुधबार २०:८, काठमाडौँ

काठमाडौं महानगरपालिका–२६ नरसिंह चोक नजिक कोजा गल्लीस्थित एक घरमा विदेशी नागरिक मृत फेला परेका छन्।

अनुप महर्जनको घरमा भईराजा महर्जनले सञ्चालन गरेको ५ तले अलब अपाट्मेन्टको दोस्रो तला कोठा नम्बर २ मा डेरा गरी बस्ने वर्ष ४७  को एनजी बुम किम (एलभिङ) हुआङ विन्जिन एल्भिन, पासपोर्ट नं के ४२८५०४८बी) भएको सिङ्गापुरको नागरिक

कोठाको ढोका खुल्ला रहेको अवस्थामा कोठाभित्र खाटमा सुतिरहेको स्थानमा मृत मृत फेला परेका प्रहरीले जनाएको छ।

खबर प्राप्त हुना साथ प्रहरी टोली उक्त स्थानमा खटिई गई उक्त स्थानमा स्थानिय वडाका जनप्रतिनिधी, फोरेन्सिक बिभागका चिकित्सक, तालुक अपराध महाशाखा, पर्यटक प्रहरी र सिङ्गापुर दुताबासका प्रतिनिधी समेतको उपस्थितीमा घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ।

उनी सो कोठामा २०२४ जुलाई १ तारिकमा कोठा बुक गरी जुलाई ६ तारिखबाट बस्दै आएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .