ad ad

गण्डकी


गण्डकीमा कांग्रेससँग एमाले असन्तुष्ट, दीर्घकालीन निर्णय नलिन पाण्डे सरकारलाई चेतावनी

गण्डकीमा कांग्रेससँग एमाले असन्तुष्ट, दीर्घकालीन निर्णय नलिन पाण्डे सरकारलाई चेतावनी

नेपालखबर
साउन १६, २०८१ बुधबार २०:१३, काठमाडौँ

नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ।

संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन गरिसकेको र त्यसैअनुरूप प्रदेशहरूमा पनि सरकार गठन-पुनर्गठन भइरहेका बेला एमालेसँगको सहमतिबिना दीर्घकालीन निर्णय नलिन भन्दै एमालेले गण्डकी प्रदेशको सरकारलाई सचेत गराएको हो।

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। यहाँ एमाले सरकारमा सहभागी भइसकेको छैन। 

‘नेकपा एमाले र नेपाली कांग्रेसको सहमतिमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वलाई दुई तिहाई मतको विश्वास प्राप्त भई सरकारले कार्यारम्भ गरेको छ। केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरूबीच समन्वय भई प्रदेशका सरकारहरू गठन-पुनर्गठन पनि भइरहेका छन्,’ गण्डकी एमालेका सचिव धनञ्जय दवाडीले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘गण्डकी प्रदेशको सरकारमा नेकपा एमालेको संलग्नता नभई दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमतिविपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा एमाले आग्रह गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .