पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले सोमबार त्यहाँको सरकारी स्कूलदेखि कलेजसम्मका पढाईमा महिलालाई निशुल्क सेवा दिने घोषणा गरेका हुन्।
यससँगै त्यहाँका महिलाले बाल कक्षदेखि विद्यावारिधिको तहसम्म निशुल्क पढ्न पाउने भएका छन्।
महिलाले किताबसमेत निशुल्क पाइने बताइएको छ। त्यस्तै विद्यार्थीले इन्टरनेटको माध्यमबाट निशुल्क पुस्तक पनि डाउनलोड गर्न सक्नेछन्।
अमरिन्दर सिंह
इन्डिया टाइम्सका अनुसार पन्जाब सरकारले त्यहाँको १३ हजार प्राथमिक तहका विद्यालयमा फ्रि–वाइफाई उपलब्ध गराउने पनि घोषणा गरेको छ।
साक्षर दरलाई सत प्रतिशत बनाउने उद्देश्यको साथमा पन्जाबमा शिक्षा केन्द्रित घोषणाहरु भएको बताइएको छ।
सन् २०११ को तथ्यांका अनुसार पन्जाबमा ७५.८४ प्रतिशत साक्षर छन्। त्यहाँ १ करोड ८७ लाख ७ हजार १३७ जना साक्षर छन्। त्यहाँको पुरा पुरुष जनसंख्यामध्ये ८० प्रतिशत साक्षर छन् भने पुरा महिलाको जनसंख्यामध्ये ७० प्रतिशत साक्षर छ।
प्रतिक्रिया