ad ad

कारोबार


पुँजीबजारलाई निगरानीमा राख्ने अर्थमन्त्रीको चेतावनी

पुँजीबजारलाई निगरानीमा राख्ने अर्थमन्त्रीको चेतावनी

नेपालखबर
असार १७, २०७६ मंगलबार ७:१४,

 अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। अर्थमन्त्री खतिवडाले पुँजीबजार सञ्चालनमा सरकारले रोकावट नगरे पनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने बताएका हुन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धी बृहत् अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा पनि पुँजीबजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पुँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए। ५० लाखभन्दा बढी युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरे पनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुबारे समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ।

उनले महिलाहरु पनि वित्तीय कारोबारमा संलग्ने हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए।

नेपाल धितोपत्र बोर्ड र ओईसीडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पुँजीबजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .