प्रदर्शनका क्रममा उनीहरुले हङकङको प्रतीक चिन्हलाई हटाएर वलायती झण्डा फहराएको बीबीसीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार परिस्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र आश्रु ग्याँसको प्रयोग गर्नु परेको थियो।
वेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वर्षगाठको विशेष अवसरमा हङकङका नागरिकले प्रदर्शन गरेका हुन्।
कडा मिहिनेतपछि प्रहरीले प्रदर्शनकारीलाई संसद भवनबाट बाहिर निकालेको थियो।
कैयौं घण्टासम्म प्रदर्शनकारीले संसद कब्जामा लिएको जनाइएको छ। सोमाबर आधा रातसम्म प्रदर्शन भएको थियो। प्रहरीले गम्भिर प्रतिक्रिया जनाउने भनेर चेतावनी दिएपछि अवस्था नियन्त्रणमा आएको थियो।
संसद कब्जा लिएर तोडफोड भएको घटनापछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले पत्रकार सम्मेलन गरेर प्रदर्शनकारीको उक्त कार्य निन्दनीय भएको र हिंस्रक व्यवहार भएको प्रतिक्रिया जनाएकी छिन्।
भिडियो
विरोध किन?
वेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वर्षगाठको अवसरमा सोमबार शान्तिपूर्ण प्रदर्शनको आह्वान गरिएको थियो। तर अवस्था सोचेभन्दा बेग्लै भयो।
हङकङलाई चीनको ‘एद देश दुई प्रणाली’ सिद्धान्त अनुसार स्वतन्त्रता मिलेको छ। हरेक वर्ष यसै हस्तान्तरण वर्षगाठलाई लिएर लोकतन्त्रलाई पछ्याउने मानिसहरु कार्यक्रमको अयोजना गर्दछन्।
तर यसपटक मामला अलग छ। यसपटक मानिसहरु विरोधमा छन्। उनीहरु सुपुर्दगी विधेयकको विरोधमा छन्। प्रदर्शनकारीको दबाबपछि सरकारले प्रस्तावित कानुनको छलफललाई स्थगित गरेको छ। यद्यपी प्रदर्शनकारीहरु विधेयक खारेज नगरेसम्म प्रदर्शन गरिरहने बताइरहेका छन्।
प्रदर्शनकारीका अनुसार चीनले प्रस्तावित विधेयकको गलत प्रयोग गर्नसक्छ। यो चिन्ता राखिएको छ कि राजनीतिक रुपमा चीनको विषयलाई नमान्ने मानिसलाई चीनले यस प्रस्तावित कानुनबाट सजाय दिनसक्छ।
प्रतिक्रिया