हङकङको बढ्दो तापक्रम त्यहाँका मानसिक रोगीका लागि प्राणघातक भएको एक अध्ययनले देखाएको छ।
युनिभर्सिटी अफ हङकङको अध्ययनमा हङकङमा तापक्रम २४.५ डिग्रीसेल्सीयस पुगे डिमेन्सिया भएका नागरिकको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ।
युनिभर्सिटीले सन् २००७ देखि २०१४ को तथ्यांक अध्ययन गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो।
७ वर्षको तथ्यांकमा मानसिक रुपमा अपांगता भएका मानिसहरुको मृत्युको संख्या १ लाख ३३ हजार रहेको छ।
तापक्रमकै कारण उनीहरुको मृत्यु भएको अध्ययनको निश्कर्ष छ। अध्ययनका अनुसार मानसिक रुपमा अशक्त व्यक्तिहरुले २४.५ डिग्रीसेल्सियसभन्दा माथिको तापक्रम खेप्न सक्दैनन्।
अध्ययनकर्ता डेरिक हो हुङ भन्छन्,‘अध्ययनमा अत्यधिक तापक्रम प्राणघातक भएको देखिएको छ।’
एससीएमपीका अनुसार हङकङको तापक्रम वर्षैपिच्छे बढ्दै गएको छ। हङकङ मौसम विभागका अनुसार सन् १९७६ मा ९ दिनसम्म हङकङमा अत्यधिक गर्मी मापन गरिएको थियो।
तर सो संख्या सन् २०१६ मा बढेर गयो। त्यसवर्ष ३८ दिन इतिहासकै अत्यधिक गर्मी भएको थियो।
अध्ययनका अनुसार अत्यधिक गर्मीका कारण मानसिक रुपमा अशक्त व्यक्तिको स्वास–प्रस्वास प्रणालीमा असर पुग्दछ। जसलेगर्दा उनीहरु सास फेर्न सक्दैनन्। त्यसपछि उनीहरुको मृत्यु हुन्छ।
प्रतिक्रिया