ad ad

समाज


महिलाको चरित्र हत्या आरोपमा युट्युबर मनोज मानव फेरि पक्राउ

महिलाको चरित्र हत्या आरोपमा युट्युबर मनोज मानव फेरि पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १७:१, काठमाडौँ

पछिल्लो समय पटक पटक विवादमा तानिने गरेका एकजना युट्युबर मनोज मानव (मनोजकुमार महतो) फेरि पक्राउ परेका छन्। 

रकम लेनदेन र अश्लील गाली गरेपछि विवादमा मुछिएका युट्युबर महतोलाई एकजना महिलाको चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार हिरासतमा लिएको हो।

साइबर ब्युरोका उप-निर्देशक एसपी पशुपतिकुमार रायका अनुसार उनीविरुद्ध एकजना महिलाले उजुरी दिएकी थिइन्। 

आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झुटो विवरण प्रस्तुत गरी, भिडिओ बनाई, यु-ट्युबमार्फत प्रसारण गरी अनावश्यक दुःख र चरित्र हत्या गरेको आरोपसहित ती महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको रायले बताए। 

उजुरीपछि सिराहाको लहान नगरपालिका वडा नं. २४ घर भई कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइसकेको एसपी रायले बताए। 

यसअघि नेकपा एमालेका नेता महेश बस्नेतसहित विभिन्न व्यक्तिको चरित्र हत्या गरेको तथा रकम मोलमोलाईसमेतमा संलग्न भएको घटनामा मुछिएपछि उनलाई साइबर ब्युरोले गत कात्तिकमा पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .