ad ad

समाज


मालपोत अधिकृत भट्टराईको अवैध आम्दानी ४ करोड ४० लाख

मालपोत अधिकृत भट्टराईको अवैध आम्दानी ४ करोड ४० लाख

नेपालखबर
माघ १६, २०८० मंगलबार १७:६, काठमाडौँ

भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईउपर बिगो ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।

भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि मिति २०७९।०२।३० गते सम्मको अवधिमा समग्र आय तथा ब्ययको विश्लेषण गर्दा सो अवधिभरमा निजले ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा अवैध आम्दानी गरेको अख्तियारको ठहर छ।

भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात राखेको अनुसन्धानका क्रममा खुलेको छ।

आयोगले स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ। साथै, आयोगले झुना कुमारी कठेतलाई समेत प्रतिवादी बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .