ad ad

समाज


त्रिविमा उपकुलपतिको दौड : यी हुन् ४३ जना आवेदक (सूचीसहित)

त्रिविमा उपकुलपतिको दौड : यी हुन् ४३ जना आवेदक (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १९:३५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको छ। यी आवेदकमध्ये दुईजना महिला पनि छन्। 

त्रिविको उपकुलपतिका लागि उक्त विश्वविद्यालयकै पूर्वउपकुलपति प्रा. तीर्थ खनियाले पनि आवेदन दिएका छन्।

त्यसैगरी खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. लेखनाथ पौडेलको पनि आवेदन परेको छ। 

मध्यपश्चिम विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा. नन्दबहादुर सिंह पनि त्रिविको उपकुलपतिको दौडमा छन्। 

उता पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केशरजङ्ग बराल पनि त्रिविको उपकुलपति पदका लागि आवेदन दिएका छन्। 

त्रिविका कार्यवाहक उपकुलपति प्रा. शिवलाल भुसालको पनि आवेदन परेको छ।

त्यसैगरी मानविकी संकायकी डीन प्रा. कुशुम शाक्य पनि प्रतिस्पर्धामा देखिएकीछन्।

पूर्व रजिस्ट्रार एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेल पनि दौडमा छन्।

अर्कातिर इन्जिनियरिङ अध्यन संस्थानका पूर्व डीन त्रिरत्न बज्राचार्य पनि त्रिवि उपकुलपतिको प्रतिस्पर्धामा देखिएका छन्। 

त्रिविकाअनुसार आवेदकहरूले बुझाएको कागजातका आधारमा स्वत: ३० नम्बरसम्म पाउने छन्। 

त्यसपछि बाँकी ७० नम्बर अन्तरवार्ता र प्रस्तुतिबाट दिइनेछ। 

त्रिविका सहकुलपतिसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकराई संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति छनोट समिति बनेको छ। 

यो समितिले पुस २३ गते उपकुलपतिको लागि दोस्रो पटक विज्ञापन गरेको थियो। त्यसअघिको विज्ञापन विवादमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा खारेज भएको थियो। 

प्रधानमन्त्रीले राजनीतिक भागबन्डा बन्द गर्ने बताएपछि त्रिविको उपकुलपति नियुक्तिका लागि पहिलो पटक खुला गरिएको हो।

आवेदकहरू

  1. प्रा. डा. शिवलाल भुसाल 

  2. प्रा.डा. कुशुम शाक्य 

  3. प्रा.डा. टंकनाथ धमला 

  4. प्रा.डा. आनन्दबल्लभ जोशी 

  5. प्रा.डा. अक्कल देव मिश्र 

  6. प्रा. डा. ऋदिशकुमार पोखरेल 

  7. प्रा. डा. चन्द्रमणि पौडेल

  8. प्रा. डा. ज्ञानेन्द्रप्रसाद पौड्याल

  9. प्रा. डा. लेखनाथ शर्मा 

  10. प्रा. डा. महानन्द चालिसे 

  11. प्रा.डा. वेदनाथ शर्मा 

  12. प्रा. डा. नारायण प्रसाद बेल्बासे 

  13. प्रा.डा. हेमराज पन्त 

  14. प्रा.डा. नन्द बहादुर सिंह

  15. प्रा. डा. प्रकाश घिमिरे

  16. प्रा. डा. प्रकाश घिमिरे

  17. प्रा.डा. एकराज ओझा 

  18. प्रा. डा.तीर्थराज खनिया 

  19. प्रा. डा. केदारनाथ घिमिरे 

  20. प्रा. डा. महेन्द्रप्रसाद शर्मा 

  21. प्रा. डा. विनोद पराजुली 

  22. प्रा. डा. देवबहादुर खड्का 

  23. प्रा. डा. कृष्ण राज तिवारी 

  24. प्रा. डा.केशर जङ्ग बराल 

  25. प्रा.डा. गोविन्द सुवेदी

  26. प्रा.डा. राजकुमार पोखरेल

  27. प्रा. डा. नवराज देवकोटा 

  28. प्रा.डा. रामप्रसाद रेग्मी 

  29. प्रा. डा. चित्रबहादुर बुढाथोकी 

  30. प्रा.डा. इन्द्रबहादुर कार्की 

  31. प्रा.डा. त्रिरत्न बज्राचार्य 

  32. प्रा. डा. प्रमोदकुमार झा

  33. डा. विनयकुमार झा 

  34. डा. शुभनारायण पाठक

  35. डा. भोजराज अर्याल 

  36. डा. रामचन्द्र बस्नेत 

  37. गुणनीधि न्यौपाने  

  38. सञ्जय आचार्य 

  39. सूर्यबहादुर थापा 

  40. नारायण प्रसाद बेल्बासे 

  41. संगीता रायमाझी 

  42. बालमुकुन्द रेग्मी

  43. भीमसेन देवकोटा 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .