ad ad

खेल


आकाशले तोडे साझेदारी, एकै ओभरमा नेपाललाई दोहोरो सफलता

आकाशले तोडे साझेदारी, एकै ओभरमा नेपाललाई दोहोरो सफलता

नेपालखबर
माघ १०, २०८० बुधबार १९:३५, काठमाडौँ

आईसीसी यू १९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट झार्न सफल भएको छ।

लामो समयको प्रतिक्षापछि नेपालका लागि आकाश चन्दले २२औँ ओभरको दोस्रो  चौथो बलमा पाकिस्तानको विकेट झार्न सफल भएका हुन्।

आकाश चन्दले पाकिस्तानका ओपनर श्यामयल हुसैन र साहजित खानलाई पवेलियन फर्काएका हुन्।

२२सौँ ओभरको दोस्रो बलमा श्यामललाई विकेट किपर उत्तम थापामगरको हातबाट क्याच गराएका आकाशले चौथो बलमा आकाश त्रिपाठीको हातबाट साहजिदलाई पनि क्याच आउट गराए।

नेपालले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २२ ओभरको खेल जारी रहँदा१ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ।

पहिलो विकेटका लागि श्यामल हुसैन र सहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गरे।

हुसैनले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएर आउट भए।

अहिले क्रिजमा खान ३७ र अजान अवाइस १ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .