ad ad

समाज


संसदीय समितिले रोक्यो टेरामक्स खरिद प्रक्रिया, अनुसन्धानको जिम्मा अख्तियारलाई

संसदीय समितिले रोक्यो टेरामक्स खरिद प्रक्रिया, अनुसन्धानको जिम्मा अख्तियारलाई

नेपालखबर
पुस ११, २०८० बुधबार १६:३४, काठमाडौँ

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले  टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिले उक्त प्रणाली खरिदमा हालसम्मका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको सबै काम यथास्थितिमा राख्दै हालसम्मका कार्यहरूको सूक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेशसमेत उल्लंघन भएको जनाएका छन्। 

समितिले अख्तियारलाई अनुसन्धानको जिम्मा दिँदै यसको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी दिन पनि भनेको छ।

लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीसँग छलफल गरेको थियो।

समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाएको छ। यससँगै खरिदका सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न पनि समितिले निर्देशन दिएको छ।

समितिले अधिकारको दुरुपयोग भएको देखिए सम्बन्धित पक्षलाई कानुन बमोजिम अभियोजनमा लैजान पनि अख्तियारलाई निर्देशन दिएको हो।

प्राधिकरणले दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि र राजस्वको सही विवरण पत्ता लगाउन भन्दै टेरामक्स प्रविधि खरिद गरी लागू गर्ने तयारीमा थियो। 

समितिको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामक्स खरिदका लागि एलसी खोलेर १७.३४५ प्रतिशत अर्थात ५२ करोड रुपैयाँ भुक्तानी भइसकेको पनि बताएका थिए। तर समितिले उक्त सबै प्रक्रिया रोक्न भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .