दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा नयाँ, चौँथो जेनेरेसनको एक्स-ट्रेल सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार सन् २००१ मा एक्स-ट्रेल को उदय पछि, विश्वभर ७ मिलियन भन्दा बढी एक्स-ट्रेल गाडीहरू बिक्री भएका छन्, जसले यसलाई विश्वको एक अधिक लोकप्रिय परिवार-लक्षित एडभेन्चर सवारी साधनहरू मध्ये एक बनाएको छ।
नेपाली रुपैयाँ १ करोड ८७ लाखको प्रारम्भिक मूल्यमा सुरु भएको निसान एक्स-ट्रेलले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ। साथै, यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो श्रेणीमै उच्चस्तरको सुविधा प्रदान गर्दछ।
नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, ‘नेपालमा नयाँ एक्स-ट्रेल ई-पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ। एक्स-ट्रेल ई-पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयूभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो। एक्स-ट्रेल ई-पावर नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो।’
यस नयाँ संस्करणको लागि, निसानले एक्स-ट्रेल को अघिल्लो तीन जेनेरेसनहरूमा झैँ बलियो संरचना, सहज प्रविधिसहितको एसयूभी डिजाइन, लचिलो उपयोगिता, र अल-ह्विल-ड्राइभ क्षमतासहितको पावरट्रेनलगायत सुँविधा रहेको छ।
परिवार वा साथीहरूसँगको लागि एक सुविधाजनक विकल्प प्रदान गर्दै नयाँ एक्स-ट्रेल सात-सिटर कन्फिगरेसनमा उपलब्ध छ।
प्रतिक्रिया