ad ad

कारोबार


क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्छ!

क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्छ!

नेपालखबर
असोज ३, २०८१ बिहिबार १७:४७, काठमाडौँ

सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आईपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ।

यस अफरमा अब ग्राहकहरूले वार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरने प्लस टिभी जडान गर्न सक्ने छन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।     

उक्त अफरमा १५० एमबीपी यस इन्टरनेट प्लस टिभी २०० एमबीपी यस इन्टरनेट प्लस टिभी र २०० एमबीपी यसमा २ आईपी टिभी सम्मका प्याकेज हरु रहेका कम्पनीले जनाएको छ।

यसैगरि वाइफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्ड्री राउटर पनि निशुल्क उपलब्ध गराएको छ। खास गरी १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरूका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीको भनाई छ।

जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टिभीका लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने पनि कम्पनीले जनाएको छ।

अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१००४४७७ मा कल गर्न अथवा कम्पनीको वेबसाइटमा लगइन गरि जानकारी प्राप्त गर्न सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .