ललितपुरको गोदाबरी नगरपालिकास्थित लेलेमा एक जना पुरुषको शव फेला परेको छ।
गोदावरी ५ लेलेस्थित जंगलमा मंगलबार भेटिएको पुरुषको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
मंगलबार बिहान स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शरीरको बाहिरी भागमा कुनै चोट नदेखिएको शव अन्दाजी ४० वर्षका पुरुषको भएको एसपी कार्कीले बताए। शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको अनुमान गरिएको छ। शवको केही भागमा किरा देखिएको छ।
प्रहरीले शव परीक्षणको लागि पाटन अस्पताल पठाइएको छ। शवको पहिचानको लागि अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ।
153
Shares
प्रतिक्रिया