ad ad

समाज


निमित्त प्रहरी महानिरीक्षक पनि विदेशतिर

निमित्त प्रहरी महानिरीक्षक पनि विदेशतिर

नेपालखबर
असोज २३, २०८० मंगलबार २१:१६, काठमाडौँ

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई अमेरिका प्रस्थान गरेका छन्। नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूसहितको ३ सदस्यीय टोली मंगलबार अमेरिका प्रस्थान गरेको हो। 

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो।

उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन्।

यसअघि महानिरीक्षक वसन्त कुँवरले निमित्त महानिरीक्षकको जिम्मेवारी राईलाई दिँदै विदेश लागेका थिए। 

राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .