ad ad

समाज


इजरायलबाट नेपाली विद्यार्थीको चीत्कार : बमको आवाज गर्जिरहेको छ, हामी सुरक्षित छैनौं

सरकारलाई प्रश्न गर्दै भने– १० जना साथीजस्तै हामी पनि विलिन होस् भन्ने चाहेको हो?
इजरायलबाट नेपाली विद्यार्थीको चीत्कार : बमको आवाज गर्जिरहेको छ, हामी सुरक्षित छैनौं

नेपालखबर
असोज २३, २०८० मंगलबार २१:५३, काठमाडौँ

प्यालेस्टाइनको लडाकु समूह हमासको आक्रमणपछि अलपत्र परेका नेपाली विद्यार्थीहरूले सुरक्षित भनेको ठाउँमा पनि असुरक्षित भएको बताउँदै तत्काल उद्धार गर्न सरकारसमक्ष आग्रह गरेका छन्। 

सोमबार दिउँसो युद्धग्रस्त क्षेत्रबाट स्थानान्तरण भएका विद्यार्थीहरूले मंगलबार एक भिडिओ सन्देशमार्फत अहिले बसिरहेको ठाउँ पनि असुरक्षित भएको बताएका छन्। 

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये ३२ जनालाई रेस्क्यू गरिएको सरकारले बताएको छ। 

तर, रेस्क्यू भएको ठाउँमा अहिले पनि आफूहरूले सुरक्षित महसुस नगरेको बताउँदै उनीहरूले प्रश्न गरेका छन्– ‘हामीलाई पनि १० जना साथीहरूजस्तै विलिन भएको देख्न चाहनुहुन्छ?’

हमास समूहको आक्रमणमा परी सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूको शव पनि सरकारले अहिलेसम्म ल्याउन सकेको छैन। 

रेस्क्यू भएर आएका थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूको उद्धार भइसकेको भएपनि आफूहरू विचल्लिमा परेको उनीहरूको गुनासो छ। 

‘हिजो साँझ हामी यहाँ आउँदा थाइल्यान्ड र कम्बोडियाको विद्यार्थीहरू आएका थियौं। थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूलाई हिजो साँझ उनीहरूको देशको प्लेन आएर रेस्क्यू गरेर लगिसक्यो। तर हाम्रो देशको अहिलेसम्म टुंगो छैन। मिटिङ बस्दैछौं भनिरहेको छ,’ सोही समूहमा रहेका विद्यार्थी लुइस रिजालले भनेका छन्। 

‘५ दिन भइसक्यो बमको आवाज गर्जेको गज्र्यै छ। अहिले यो ठाउँ सुरक्षित भनेको मात्र हो। यहाँ हामीलाई रिलोकेट गरिएको मात्रै हो,’ अर्का एक विद्यार्थीले भिडिओ सन्देशमा भनेकी छिन्, ‘हामी याँ पूर्ण रुपमा सुरक्षित छैनौं। यहाँबाट इजरायली मान्छेलाई भ्याकेसनमा जाऊ भनेर भनिसकेको छ।’

इजरायलबाट के भन्छन् विद्यार्थीहरू?
हिजो साँझ हामी यहाँ आउँदा थाइल्यान्ड र कम्बोडियाको विद्यार्थीहरू आएका थियौं। थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूलाई हिजो साँझ उनीहरूको देशको प्लेन आएर रेस्क्यू गरेर लगिसक्यो। तर हाम्रो देशको अहिलेसम्म टुंगो छैन। मिटिङ बस्दैछौं भनिरहेको छ। 

सरकारले प्राथमिकता नै छुटाउन सकेको छैन। अहिले मिटिङ त बसेको छ तर हाम्रो साथिहरू जुन हामीले गुमाएको छ, उनीहरूको ज्यानको मूल्य तोक्न मिटिङ बसिरहेको छ। कहिले ८, कहिले १० त कहिले १५ लाख भनिरहेको छ। 

हामी दुई दिनसम्म खान पाएका थिएनौं, अहिले पाएका छौं त्यति मात्रै फरक हो। 

हामीले एम्बेसीलाई फोन गर्दा कर्मर्सियल एयरपोर्ट सबै खुला छ भन्छ। त्यसका लागि पैसा चाहिने रहेछ। पैसाको जिम्मा कसले लिने भन्ने छ। 

हामी घरबाट पैसा मगाएर भएपनि पैसा हाल्न तयार छौं। कि सरकारले हामी पैसा हाल्न सक्दैनौं भन्नुपर्यो। हामी आफैं हाल्छौं। हामीलाई आज साँझभित्र नै एउटा सूचना प्रदान गर्नुपर्यो।

अर्का विद्यार्थी भन्छिन्–
५ दिन भइसक्यो बमको आवाज गर्जेको गज्र्यै छ। अहिले यो ठाउँ सुरक्षित भनेको मात्र हो। यहाँ हामीलाई रिलोकेट गरिएको मात्रै हो। हामी याँ पूर्ण रुपमा सुरक्षित छैनौं। यहाँबाट इजरायली मान्छेलाई भ्याकेसनमा जाऊ भनेर भनिसकेको छ। हामीलाई चाहीँ नेपाल सरकारले किन लिन आएको छैन त? हिजो आएका कम्बोडियाका साथिहरु गइसके हामी यस्तै अवस्थामा छौं। 

हामीलाई यहाँ बस्नुनै छैन। हामीले १० जना साथीहरू गुमाइसकेका छौं। जसरी पनि हामीलाई यहाँबाट आफ्नो ठाउँमा पु¥याइदिनू। 

हामी सुरक्षित भएर बस्नु भन्दै भन्नुहुन्छ। पत्रको आधारमा जुन राखिराख्नुभएको छ, हामीलाई पनि १० जना साथीहरूजस्तै विलिन भएको देख्न चाहनुहुन्छ? यदी त्यसो हो भने हामी यहाँबाट इजिप्ट गएर हुन्छ कि हामी मुभ अन हुन सक्छौं। हामीलाई निश्चित निर्णय दिनुस्। हामीलाई सुरक्षित महसुस गराइदिनुस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .