बैतडीमा १८ दिनदेखि एक शिक्षक बेपत्ता भएका छन्।
यहि भदौ ५ गते विद्यालय जान भनि घरबाट हिँडेका डिलाशैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अझै अज्ञात छ।
बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
‘बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ, अवस्था अज्ञात छ,’ उनले भने।
स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालय हिँडेका र घर नफर्केका हुन्।
शिक्षक बोहराले लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।
‘उहाँ खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौँ, खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौँ,’ खत्रीले भने। रासस
Shares
प्रतिक्रिया