ad ad

समाज


अस्ट्रेलियामा प्राकृतिक विपत्तिको लहरः आगलागी जारी रहँदा ठूलो असिना पानीको वितण्डा

अस्ट्रेलियामा प्राकृतिक विपत्तिको लहरः आगलागी जारी रहँदा ठूलो असिना पानीको वितण्डा

नेपालखबर
माघ ७, २०७६ मंगलबार ७:३९,

ठूलो आगलागी जारी रहँदा पानी परोस् भन्ने चाहना तर पानी परेपछि भने त्यसले अर्को समस्या थपिदिएको छ।

अस्ट्रेलियाको क्यानबेरामा सोमबार ठूलो पानी परेको थियो। पानीसँगै गल्फको बल जत्रा असिना परेपछि भने मानिसहरुलाई ज्यान जोगाउन हम्मेहम्मे परेको स्थानीय संचारमाध्यमले जनाएका छन्।

उक्त असिनाले कार तथा घरहरुमा क्षति पुगेको जनाइएको छ। पानी पर्न अगाडि ठूलो धुले आँधी आएको पनि थियो।

Image result for aus car hail

१५ मिनेटसम्म लगातार असिना परेको थियो। असिनाले चरा तथा जनावरहरु घाइते भएका छन्। अस्ट्रेलियाको आगलागीले न्यु साउथ वेल्समा ठूलो क्षति पुगेको थियो।

न्यु साउथ वेल्समै पानी, धुले आँधी र असिनाले अर्को समस्या थपिदिएको हो।

पानी सिमित क्षेत्रमा परेकाले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा लागेको आगलागी भने नियन्त्रणमा आउन सकेको छैन।

Image result for aus storm dust

झाडीबाट सुरुवात भएको आगलागी प्राय सबै राज्यमा जारी छ। हालसम्म आगलागीले २८ जना मानिसको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्।

आगलागीले करोडौं जनावर तथा चराचुरुंगी मरेको जनाइएको छ। एजेन्सी

Image result for aus fire

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .