ad ad

राजनीति


राजपाले भन्यो : उपसभामुखका लागि नेकपाको प्रस्ताव पर्खिरहेका छौँ

राजपाले भन्यो :  उपसभामुखका लागि नेकपाको प्रस्ताव पर्खिरहेका छौँ

नेपालखबर
माघ ७, २०७६ मंगलबार ६:५५,

राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुखमा दावी गरेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सत्तारुढ दल नेकपासँग राष्ट्रियसभामा गठबन्धन गरेको र सभामुखमा पनि समर्थन गरेको कारण उपसभामुख पाउनुपर्ने बताए।

‘सभामुख नेकपाको बन्ने भएपछि अन्य दलबाट उपसभामुख हुन्छ’, नेपालखबरसँग कुरा गर्दै महतोले भने, ‘राष्ट्रियसभाको चुनावका लागि नेकपा र हामीबीच गठबन्धन रहेको छ र सभामुखमा हामीले नेकपालाई समर्थन गरेका छौँ। त्यसैले उपसभामुख पदमा हामीले पाउनुपर्छ। हामी नेकपाको प्रस्तावको प्रतीक्षामा छौं।’

महतोले यस विषयमा नेकपाका नेताहरुसँग पटक पटक अनौपचारिक रुपमा कुराकानी भइरहेको बताए। ‘अनौचापरिक भएर भएन। यस विषयमा औपचारिक प्रस्ताव नेकपाबाट आउनुपर्छ’, उनले भने।

संविधानमा एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था छ। प्रतिनिधिसभाको रिक्त सभामुखमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई फिर्ता बोलाएको थियो। उपसभामुख शिवमाय तुम्बाहाङफेले सोमबार पदबाट राजीनामा दिएपछि उपसभामुख रिक्त रहेको छ।

नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेकपाको स्पष्ट बहुमत रहेको र सभामुख तटस्थ पद भएका कारण उम्मेदवारी नदिने निर्णय गरेको छ। उपसभामुखमा कांग्रेसले समेत अपेक्षा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .