ad ad

समाज


कर्मचारीलाई उर्दी : स्वास्थ्यमन्त्रीको कार्यक्रममा एप्रोन लगाएरै आउनू

कर्मचारीलाई उर्दी : स्वास्थ्यमन्त्रीको कार्यक्रममा एप्रोन लगाएरै आउनू

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८० बिहिबार १७:२६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार आफ्नो कार्यकालको सयन दिन मनाउँदैछन्। 

कार्यकाल १०० दिन पुगेको अवसरमा उनले शुक्रबार उपलब्धिका फेहरिस्त सुनाउँदै छन्। आफ्ना उपलब्धिका सूची सुनाउन बस्नेतले शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोह नै राखेका छन्। 

शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई एप्रोन र सरकारी पोशाक लगाएरै उपस्थित हुन उर्दी जारी गरिएको छ। अन्य कर्मचारीहरुलाई पनि कार्यक्रमा उपस्थित हुन निर्देशन दिइएको छ। 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कार्यकाल सम्हालेको १०० दिन पुगेको अवसरमा हुने कार्यक्रममा अनिवार्य सेतो अप्रोन लगाएर अनिवार्य उपस्तिथ हुने वीर अस्पतालले उर्दी जारी गरेको छ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अस्पतालका सबै विभाग, वार्ड तथा युनिटका चिकित्सक, स्वास्थ्यकर्मीलाई अनिवार्य उपस्थित हुने उर्दी जारी गरेका छन्। ड्युटीमा खटिँदा लगाउने एप्रोन कार्यक्रममा अनिवार्य लगाएर आउन भनिएको छ। 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतज्यूको पदभार ग्रहण गरेको एक सय दिन पुगेको उपलक्ष्यमा तपसिलको मिति, समय र स्थानमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएकोले यस अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सेवा प्रवाहमा असर नपर्ने गरी चिकित्सक र स्वास्थ्यकर्मीलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित भई कार्यक्रमको गरिमा बढाइ कार्यक्रम सफल बनाउनुहुन अनुरोध छ’, पत्रमा भनिएको छ।

मन्त्री बस्नेतको निर्देशनअनुसार निर्देशक पौडेलले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कार्यक्रम सहभागी हुन निर्देशन दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .