ad ad

कारोबार


कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता

कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता

नेपालखबर
साउन २५, २०८० बिहिबार १७:४०, काठमाडौँ

कुमारी बैंक लिमिटेड र क्लासिक उद्योगबीच कुमारी बैंकका ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ।

यो सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको म्याट्रेस खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले सहकार्य गरेको जनाएको छ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने स्पष्ट पारेको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .