ad ad

समाज


कर्मचारीले ठप्प पारे सर्वोच्चसहित देशभरका अदालत

साढे १ बजेसम्म ‘पेन डाउन’ गरेपछि बस्न सकेन बेन्च
कर्मचारीले ठप्प पारे सर्वोच्चसहित देशभरका अदालत

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार ११:४१, काठमाडौँ

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरुले सर्वोच्चसहित देशभर कामकाज ठप्प पारेका छन्। 

एकजना वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट गरेका थिए। 

वकिलले कार्यालयमै कुटपिट गरेपछि नायव सुब्बा तामाङ घाइते भएकी थिइन्। उनको मुखमा चोट लागेको थियो।

यही घटनाको विरोधमा आइतबार दिउँसो १ बजेसम्मलाई सर्वोच्चसहित देशभरका अदालतमा कर्मचारीहरुले ‘पेन डाउन’ गरेपछि कामकाज ठप्प भएको छ।

सर्वोच्च अदालत नेपाल कर्मचारी युनियन अध्यक्ष नरेश कार्कीका अनुसार घटनाको विरोधमा कामकाज ठप्प पारिएको हो। थप आन्दोलनका कार्यक्रमबारे छलफल भइरहेको कार्कीले नेपालखबरलाई बताएका छन्।

कर्मचारीले ‘पेन डाउन’ गरेपछि सर्वोच्च अदालतको इजलासमा सुनुवाइ पनि रोकिएको छ। कर्मचारीलेहरुले साढे १ बजे आन्दोलन फिर्ता लिएपछि मात्रै सुनुवाइ अघि बढ्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .