ad ad

समाज


चितवन–२ : प्रतिस्पर्धीभन्दा २५ हजार बढी मतले रविको अग्रता

चितवन–२ : प्रतिस्पर्धीभन्दा २५ हजार बढी मतले रविको अग्रता

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ४:०, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३१ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४५ हजार ४ सयउ ६७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

उनी प्रतिस्पर्धीभन्दा २५ हजार ४ सय १२ मतले अघि छन्।

लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ५ हजार ७सय ७८ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .