ad ad

राजनीति


बारा–२ : उपेन्द्रले पुर्‍याए झण्डै ८ हजार मत

बारा–२ : उपेन्द्रले पुर्‍याए झण्डै ८ हजार मत

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ५:१६, काठमाडौँ

बारा क्षेत्र नम्बर २ को मतगणना जारी छ। सुरुवातदेखि नै अग्रता लिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार ७ हजार ९६२ मत प्राप्त गरेका छन्।

कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा ५ हजार ५७३ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ हजार ४२२ मतसहित तेस्रो स्थानमा छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार १४५ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .