ad ad

समाज


जिप दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
चैत २८, २०७९ मंगलबार १०:३४, काठमाडौँ

पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। गए राति भएको दुर्घटनामा अर्का  एक व्यक्ति घाइते छन्। 

सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो।

चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो। गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए। 

घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .