ad ad

कला


प्रेमिका ज्याकिलनलाई सुकेशको पत्र- यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन

प्रेमिका ज्याकिलनलाई सुकेशको पत्र- यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन

नेपालखबर
चैत २८, २०७९ मंगलबार १०:४८, काठमाडौँ

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका प्रेमी सुकेश चन्द्रशेखर यतिबेला दिल्लीको मण्डोली जेलमा जेलमा छन्।

उनी २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा समातिएका थिए। उनले जेलबाटै आफ्नी प्रेमिका ज्याकलिन इस्टरको शुभकामना दिँदै पत्र लेखेका छन्। 

उनले ज्याकलिनलाई आफूले नसम्झेको कुनै पल नरहेको उल्लेख गरेका छन्। उनले पत्रमा लेखेका छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई सम्झन थाल्छु। त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु। तिमी कति सुन्दर छौ थाहा छैन। यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन। म तिमीलाई धेरै माया गर्छु।’

सुकेशले लेखेको उक्त पत्र उनका वकिल अनन्त मलिकले सार्वजनिक गरेका हुन्। 

पत्रमा सुकेशले लेखेका छन् ‘इस्टरको अवसरमा म तिमीलाई धेरै मिस गर्दैछु। मलाई याद छ कि इस्टरको समयमा कसरी तिमी बच्चाले जस्तै अण्डा फोड्थ्यौ र त्यसमा क्यान्डिज मिसाउँथ्यौ। यो तिमीलाई मनपर्नेमध्येको एक पर्व हो। म आशा गर्छु कि अर्को इस्टर तिमीसँगै मनाउनेछु।’

अगाडि उनले लेखेका छन्, 'मैले तिम्रो बारेमा नसोचेको कुनै पल छैन्। मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै महसुस गरिरहेकी छौ। तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ। भर्खरै म ‘तुम मिले दिल खिले’ गीत सुनिरहेको थिएँ। गीत सुनेपछि तिम्रो याद आयो।’ 

सुकेशले यसअघि पनि गत मार्च २५ मा ज्याकलिनको जन्मदिनको अवसरमा चिठी लेखेका थिए।

उक्त चिठ्ठीमा उनले लेखेका थिए, ‘मेरी  ज्याकलिन, मैले तिम्रो जन्मदिनमा तिमीलाई धेरै मिस गरें। मैले मेरो वरिपरि तिम्रो ऊर्जालाई मिस गरें। मसँग भन्नका लागि केही शब्द छैन तर मलाई थाहा छ कि मेरो लागि तिम्रो माया कहिल्यै समाप्त हुनेछैन। मलाई कुनै प्रमाण चाहिंदैन, मेरो लागि यति नै पर्याप्त छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .