चितवनस्थित भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्ट तयार पारिएको पाइएको जानकारी दिएका हुन्।
अस्पतालमा गत माघ १३ गतेदेखि नै कोरोनाको पीसीआर परीक्षण रोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। एन्टिजेन परीक्षण भने जारी रहेको अस्पतालले जनाएको छ।
तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरूले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सम्बन्धित सबैलाई सचेत रहन अस्पतालले अनुरोध गरेको छ।
हेर्नुहोस् अस्पतालको विज्ञप्ति-
30
Shares
प्रतिक्रिया