ad ad

समाज


बेवारिसे भरुवा बन्दुक फेला, १३ लाखसहित दुई पक्राउ

बेवारिसे भरुवा बन्दुक फेला, १३ लाखसहित दुई पक्राउ

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १५:२८,

प्रहरीले बर्दियामा बेवारिसे अवस्थामा रहेका एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको हो।

यता, नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका—२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन्।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैया भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .