ad ad

कारोबार


श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान

श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १५:४७,

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ। श्रीले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीको संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार प्राधिकरणबाट उडान सेडुअल स्वीकृत भएपछि १५ दिनभित्र दुवै गन्तव्यमा नियमित उडान गरिनेछ । यात्रुको मागबमोजिम गन्तव्य विस्तार गरिएको र पोखरामा पनि छिट्टै उडान सञ्चालन गरिने प्रबन्धक मानन्धरको भनाइ थियो।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै कम्पनीले आन्तरिक गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। निकट भविष्यमै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्ने कम्पनीको योजना छ। त्यसका निम्ति श्रीले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ। अहिले नियामक प्राधिकरणको अनुमति कुरिरहेको छ।

श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तव्यमा उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .