ad ad

कला


कांग्रेस नेता डा. महतको पुस्तक सार्वजनिक

कांग्रेस नेता डा. महतको पुस्तक सार्वजनिक

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १५:२२,

समसामयिक राजनीति र अर्थतन्त्रलाई विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक समाराहबीच पूर्व राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) को बिमोचन गरेका हुन्। पुस्तकमा नेपालको अर्थतन्त्र, व्यापार घाटा लगायत अर्थ राजनीतिलाई समेटिएको छ।

बिमोचन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले उक्त पुस्तकमा समावेस गरिएका विषयले देशको आर्थिक विकासमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे। त्यस्तै उनले कृषि तथा पूर्वाधार विकासको कुरा गर्ने तर जलवायु परिवर्तनको कुरा छुटाउने प्रवृति नेपालको राजनीतिमा रहेको बताए। उनले यसलाई राजनीतिक व्यक्तिहरुको रोगको रुपमा विश्लेषण गर्दै यस्तो किताबमा जलवायु परिवर्तन र यसले अर्थतन्त्रमा पारेको प्रभावलाई समेत समेटन सुझाव दिए।

पछिल्लो समय राजनीति सक्रिय अर्थविदहरुको पुस्तकहरुमा देशको आर्थिक विश्लेषण सँगसँगै आफ्नो राजनीतिक धार पनि प्रस्तुत हुने हुँदा यसको अध्ययन गर्नेहरुमा भ्रम सिर्जना हुन थालेको भन्दै विश्लेषकहले टिप्पणी गर्ने गरेका छन्। सत्ता बाहिर रहेका पूर्व अर्थमन्त्री हरुको टिप्पणी र सत्तामै रहेका अर्थमन्त्रीको देशको समसामयिक आर्थिक विश्लेषणमा फरक देखिनु यसको संकेत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .