देशको राजनीति अब युवालाई जिम्मा लगाउनुपर्छ भन्ने ‘डिस्कोर्ष’ चलिरहेको रहेको छ । कलेजमा राजनीतिक दलका भातृ संगठनले ठुल्ठुला राजनीतिक डिङ हाँकेको पनि धेरै भइसकेको छ ।
तर, देश बनाउँछौं भन्ने ‘भविश्यका कर्णधार’हरु अध्ययन गर्ने काठमाडौंका चर्चित कलेका शौचालयको अवस्था कस्तो छ त ? यसैबाट नाप्न सकिन्छ ‘कर्णाधार’हरुको वचन र व्यवहारको दुरी ।
भनिन्छ, विमानस्थलको दृष्यले देशको सभ्यतालाई दर्शाउँछ । शौचालयको अवस्थाले परिवार र व्यक्तिको सभ्यताको स्तरलाई दर्शाउँछ ।
सभ्य नागरिकहरु उत्पादन गर्ने कलेजमा शौचालयको यस्तो दुरावस्थाले त्यहाँका प्रोफेसर, कलेज व्यवस्थापन मात्रै होइन, विद्यार्थीहरुको सभ्यताको स्तर पनि नाप्न सकिन्छ । ठुल्ठुला राजनीतिक गफ गर्ने विद्यार्थी संगठनलाई यी शौचालयले गिज्याइरहेका छन् ।
हेर्नुहोस् काठमाडौंका रत्नराज्य, पाटन र विश्वभाषा क्याम्पसका शौचालयको अवस्था
Shares
प्रतिक्रिया