ad ad

समाज


पोखरामा सडक खन्ने क्रममा ढिस्काेले ५ मजदुर पुरिए, ३ जनाको शव निकालियो

पोखरामा सडक खन्ने क्रममा ढिस्काेले ५ मजदुर पुरिए, ३ जनाको शव निकालियो

वाशुदेव मिश्र
मंसिर १५, २०७६ आइतबार ४:५०,

पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले ५ मजदुर पुरिएका छन्। तीमध्ये ३ जनाकाे शव निकालिएकाे छ। 

दुई जना अझै ढिस्कोभित्र रहेको प्रहरीले जनाएको छ।

साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणका क्रममा खसेको ढिस्को पन्छाउने क्रममा माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए।

वडाध्यक्ष सीम गुरुङले नेपालखबरलाई दिएको जानकारी अनुसार ढिस्कोले पुरिएकामध्ये ३ जनाको शव निकालिएको छ । पुरिनेमा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोलाका तोवान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुढाथोकी छन्।

उनीहरु गएको भदौदेखि त्यहाँ काम गर्दै थिए। पोखराको मणिपाल अस्पताल–र्‍यालेचौर–मौजा बिसौना–सिक्लेस–मनाङ सडकखण्ड निर्माणमा अहिले १ सय ७६ मजदुर कार्यरत रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .