तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाका १० जनाको शव काठमाडौं ल्याइएको छ।
मुस्ताङको कोवाङबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरमार्फत शव ल्याइएको हो।
बाँकी १० वटा शव भने दुर्घटनास्थलमै छन्। मौसम खराबीको कारण अरु शव ल्याउन नसकिएको सेनाले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव अब त्रिवि शिक्षण अस्पतालमा लगिने छ। त्यहाँ पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने छ।
एउटा शव अझै फेला परेको छैन। अर्को देखिए पनि माथि निकाल्न बाँकी छ।
मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर आइतबार विमान दुर्घटना भएको थियो।
उक्त विमानमा १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक सवार थिए। अरु ३ जना चालक दलका सदस्य थिए।
459
Shares
प्रतिक्रिया