दाङमा स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरस्थित खाली गोठबाट उनीहरू पक्राउ परेका हुन्।
मादक पदार्थ खाई पेस्तोल आकारको आगो बालेर स्थानीयलाई तर्साउने गरेकाे भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, सोही वडाका १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया, वडा नं ६ निवासी २१ वर्षीय केतु ओली र वडा नं ९ निवासी १८ वर्षीय मोहन बस्नेत छन्।
प्रहरीले उनीहरूको साथबाट तीन थान हँसिया, एउटा बञ्चराे, एक थान खुडा र एउटा लाइटर बरामद गरेको छ।
Shares
प्रतिक्रिया