रुपन्देहीमा एक वडा सचिव घुससहित पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का सचिव मोहम्मद सिद्धिकी तीन हजार घुस सहित पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले उनलाई घुस रकम सहित पक्राउ गरेको हो।
विवाह दर्ताको लागि सहजीकरण गरिदिने भन्दै सिद्धिकीले घुस मागेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
96
Shares
प्रतिक्रिया