पोखराको राष्ट्रबैंक चोक नजिकै विस्फोट भएको छ।
बिहीबार बिहान कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रबैंक चोक नजिक विस्फोट भएको हो।
विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट सामान्य भएको प्रतिक्रिया दिएका छन्।
उनले घटनाको अनुसन्धान भइरहेको र विस्फोट गराउनेहरुको खोजी कार्य सुरु भइसकेको जानकारी दिए।
आउँदो मंसिर १४ गते कास्की २ मा हुन लागेको उपनिर्वाचनको उम्मेदवारी मनोनयनको कार्यतालिकालाई लक्षित गरी विष्फोट गराइएको हुनसक्ने प्रहरीको अनुमान छ।
3
Shares
प्रतिक्रिया