नेपालविरुद्ध काठमाडौंमा जारी प्रथम श्रेणीको तीन दिवसीयक्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन बनाएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार दोस्रो दिनको पहिलो शत्रमा एमसीसीले १०१ ओभर ५ बलमा सबै विकेट गुमाएर ३ सय ६४ रन बनायो।
पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन ५३ रन जोड्दा बाँकि ४ विकेट गुमायो।
पहिलो दिन बुधबार एमसीसीका विल रोड्स ७३ रन, विल भान्डेर्सपारले ५३ र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। दोस्रो दिन बिहीबार यासिर अराफाट ६५ रनमा अविजित रहे।
नेपालका सन्दीप लामिछानेसहित सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए।
प्रतिक्रिया