रुपन्देहीमा प्रहरीले गैँडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका ५ को हरियाली होटल एण्ड लजबाट उनीहरु पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा होटलको ११८ नम्बरको कोठामा चेकजाँच गर्दा ४ इन्च लम्बाइ र ५ इन्च गोलाइको गैँडाको खाग फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
होटलको कोठामा रहेका अर्घाखाँची छत्रकोट गाउँपालिका ७ का ४८ वर्षीय नरबहादुर सुनार र ५८ वर्षीय पदम सुनार र वडा नम्बर ५ का २८ वर्षीय सुमन न्यौपानेलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।
उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय रुपन्देहीमा पठाइएको उनले बताए।
90
Shares
प्रतिक्रिया