बुटवलमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिकाको निर्माणाधिन भवनमा थ्रीफेज लाइन जडान गर्ने क्रममा करेन्ट लाग्दा अर्घाखाँची सन्धीखर्क नगरपालिका १२ घर भइ बुटवल गोलपार्क बस्ने ४७वर्षीय वसन्त भुसालको मृत्यु भएको हो।
उनी विद्युत प्राधिकरण बुटवलमा कार्यरत कर्मचारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
करेन्ट लागेर घाइते भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही भवनमा कामदार रहेका सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन्।
उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको डीएसपी केसीले जानकारी दिए।
Shares
प्रतिक्रिया