ad ad

समाज


भूपेन्द्र हत्या प्रकरण : घटनापछि फरार अर्का आरोपी मदन शाही सुनसरीबाट पक्राउ

भूपेन्द्र हत्या प्रकरण : घटनापछि फरार अर्का आरोपी मदन शाही सुनसरीबाट पक्राउ

पक्राउ परेका युवक। तस्बिर : कैलाली प्रहरी


गोकुल जोशी
मंसिर ६, २०७८ सोमबार १३:१, कञ्चनपुर

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनापछि फरार अर्का आरोपी पक्राउ परेका छन्। फरार आरोपी कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई सुनसरीको धरानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले बताए।

उनका अनुसार आरोपी शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका-४  बाट नियन्त्रणमा लिइएको हो।

यससँगै भूपेन्द्रको हत्या आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नवीन रावलसहित १६  विरुद्ध किटानी जाहेरी दिएका थिए ।

ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नवीनसहित ६ जना अझै फरार छन्। 

भूपेन्द्रको हत्याका आरोपी लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का  २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले र विकास खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ। 

गत २३ कात्तिक राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो ।

घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .