ad ad

कला


मध्यम वर्गबाट उठेका कपिल शर्माले किने ४० करोडको ‘दरबार’ (केही तस्बिर)

मध्यम वर्गबाट उठेका कपिल शर्माले किने ४० करोडको ‘दरबार’ (केही तस्बिर)

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १२:५८, काठमाडौँ

भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ का सञ्चालक कपिल शर्मा आर्थिक रूपमा निकै सबल भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार मध्यम वर्गीय परिवारका उनी आफ्नो कला र  मेहनतले अहिले करोडौं सम्पत्तिको मालिक भइसकेका छन्। 

उनले महँगा–महँगा सामान, गाडीदेखि घरसम्म जोडिसकेका छन्। 

मुम्बईको पटियालामा उनको आलिसान घर छ भने पुर्ख्यौली थलो पन्जाबमा उनले विलासी फार्महाउस किनेका छन्। हाउजिङ डटकमका अनुार यसको मूल्य २५ करोड भारु (नेपाली ४० करोड रुपैयाँ) पर्छ। चारैतिर हरियाली भएको त्यो फार्महाउस निकै सुन्दर छ। 

‘कपिलको यो घर कुनै सानो दरबारभन्दा कम छैन’, हाउजिङ डटकमले लेखेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार कपिल भारतमा धेरै आयकर तिर्ने कलाकारको सूचीमा अग्रस्थानमा छन्। 

यस्तै फोर्ब्सले उनलाई सबभन्दा धेरै पारिश्रमिक लिने सेलेब्रेटीको सूचीमा राखेको छ। उनले कपिल सोको एक एपिसोडको भारु ८० देखि ९० लाखसम्म लिने गर्छन्। 

‘द कपिल शर्मा सो’का साथै कपिलले केही फिल्ममा अभिनय पनि गरेका छन्। 

भारु २५ करोड पर्ने कपिल शर्माको फार्महाउसका केही दृश्य–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .