आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ।
युएईको आइसिसी एकेडेमी नम्बर २ दुबईमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १०४ रनको योगफल तयार पारेको हो।
सीता रानामगर ४० र कप्तान रुविना क्षेत्री २ रनमा नटआउट रहे।
तेस्रो विकेटका लागि सिता रानामगर र इन्दु वर्माले ८१ रनको महत्वपुर्ण साझेदारी गरे। सिताले ५ बलमा ४ चौकाको मद्दतमा ४० रनको महत्वपुर्ण योगदान दिइन्। इन्दु वर्माले ३६ बलमा ३ चौकाको मद्दतमा अविजित ३१ रन बनाइन्।
ओपनर कविता कुँवर शुन्य तथा काजल श्रेष्ठ ४ रनमा पवेलियन फर्के।
हङकङकी वेटी चन र क्यारी चनले समान एक/एक विकेट लिए।
६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ।
Shares
प्रतिक्रिया