ad ad

राजनीति


कांग्रेस अधिवेशन : सांसद भरत शाहको क्षेत्रमा नेतृत्व सर्वसम्मत

कांग्रेस अधिवेशन : सांसद भरत शाहको क्षेत्रमा नेतृत्व सर्वसम्मत

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १२:५१, बुटवल

रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले सर्वसम्मत रुपमा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरेको छ। 

सोमबार भएको क्षेत्रीय अधिवेशनबाट वसिउल्लाह मुसलमान क्षेत्रीय सभापति चयन भएका छन्। उनी नयाँ कार्यकालका लागि पनि सभापति चयन भएका हुन्। 

क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरिप्रसाद घिमिरे र चिरञ्जीवी खनाल सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।  

यसअघि ३ गते भएको ५ ख को प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि भएको थियो। ५ क मा चुनाव भए पनि फराकिलो अन्तरले भरतकुमार शाह पक्षका रामबहादुर थापाको प्यानल विजयी भएको थियो । 

रुपन्देही ५ भरतकुमार शाहको चुनावी क्षेत्र हो। यहाँ उनको बलियो प्रभाव छ। २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा पनि शाह १२ हजार भन्दा बढी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। शाह हाल संसदको सार्वजनिक लेखा समितिका सभापति छन्। 

पार्टीमा देउवा समूह भए पनि जिल्लामा बालकृष्ण खाँण र भरतकुमार शाहका आ-आफ्नै समूह छन्। केन्द्रमा संस्थापन इतर मानिने कतिपय कार्यकर्ता जिल्लामा शाह पक्षमा देखिएका छन्। 

रुपन्देही ५ बाट महाधिवेशन प्रतिनिधिमा भरतकुमार शाह,  प्रदेश सांसद फकरुद्धिन खाँ, प्रदेश सांसदका उम्मेदवार विष्णु पोखरेल, अनिता शाह लगायत २४ जना सर्वसम्मत भएका छन्। 

रुपन्देहीका बाँकी ४ वटा निर्वाचन क्षेत्रमा अहिले मतदान भइरहेको छ । यी क्षेत्रमा देउवा अर्थात खाण पक्ष र रामचन्द्र पौडेल पक्षका उम्मेदवारहरू मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .