धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको ज्यान गएको छ।
ज ९ प १९८२ नम्बरको मोटरसाइकलमा सवार भइ औरही गाउँपालिकाबाट जनकपुर आउँदै गर्दा अनियन्त्रित भएर भोइल भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा तीनैजना सवार युवकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
मृतक मध्ये लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका ११ का २१ वर्षीय कुनाल कुमार साहको सनाखत भएको छ। दुईजनाको परिचय खुलेको छैन। घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी बस्नेतले बताए।
तीनजना सवार भएर तीब्र गतिमा मोटरसाइकल कुदाउँदा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले बताएका छन्।
21
Shares
प्रतिक्रिया