ad ad

प्रविधि


अमेरिकाको ऊर्जा विभागमा ‘अहिलेसम्मकै ठूलो साइबर आक्रमण’

अमेरिकाको ऊर्जा विभागमा ‘अहिलेसम्मकै ठूलो साइबर आक्रमण’

नेपालखबर
पुस ४, २०७७ शनिबार १:३२,

अमेरिकाको ऊर्जा विभागले आफूविरुद्ध साइबर आक्रमण भएको बताएको छ।

अमेरिकी सरकारले आफ्ना विभागविरुद्धकाे यो साइबर हमला अहिलेसम्मकै ठूलो भएकाे जनाएको छ।

अमेरिकाको उक्त विभाग परमाणु हतियार रेखदेख गर्ने निकाय हो। तर साइबर आक्रमणले हतियार भण्डारणमा कुनै असर नपरेको विभागले दाबी गरेको छ।

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेर भेटिएको बताएको थियो।

यो साइबर हमला रुसले गरेको आशंका गरिएको छ तर रुसले यसलाई अस्वीकार गरेको छ।

साइबर हमलाबारे अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले अहिलेसम्म कुनै प्रतिकिया दिएका छैनन्।बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .