ad ad

ग्लोबल


बोकोहरामको अपहरणमा परेका ३४४ बालबालिका अपहरण मुक्त

 बोकोहरामको अपहरणमा परेका ३४४ बालबालिका अपहरण मुक्त

नेपालखबर
पुस ४, २०७७ शनिबार १:१०,

नाइजेरियाको एक विद्यालयबाट एक साता अघि अपहरणमा परेका तीन सय ४४ जना स्कुले विद्यार्थी सकुशल अपहरण मुक्त भएका छन्।

नाइजेरियाको उत्तर पश्चिम क्षेत्रमा पर्ने कातसिना सहरमा रहेको एक स्कुलबाट एक साताअघि अपहरणमा परेका ३ सय ४४ बालकलाई शुक्रबार उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। स्कुले विद्यार्थी अपहरणको जिम्मा बोकोहरामले लिएको थियो।

स्थानीय टेलिभिजनले अपहरण मुक्त भएका बालक ब्ल्यांकेट बोकेर खाली खुट्टा पैदल हिँडेर घर फर्कँदै गरेको दृश्य देखाएका छन्। उद्धारपछि उनीहरुका अभिभावकहरुले खुसी व्यक्त गरेका छन्।

गत साता सशस्त्र समूह बोको हरामका लडाकुले उनीहरुलाई स्कुलबाट अपहरण गरी रुगु जंगलतर्फ लगेका थिए। बोकोहरामले स्कुले विद्यार्थीलाई अपहरणपछि जिहादी लडाकु बनाउने गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .