ad ad

राजनीति


विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली, विश्वकर्मा संयोजक

विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली, विश्वकर्मा संयोजक

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ७:४६,

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ।

सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई–सदस्यीय वार्ता टोली गठन गरेको छ।

‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले नेपालखबरसँग भने।

वार्ता टोलीमा दिपक चलाउने सदस्य रहेको उनले बताए। अर्का सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन्।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन्।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

यो पनि :

विप्लव समूहसँग वार्ता गर्न गठन गरियो गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .