ad ad

राजनीति


उपभोक्ताको साथ लिएर वन नीति बनाउछौँ : प्रधानमन्त्री

उपभोक्ताको साथ लिएर वन नीति बनाउछौँ : प्रधानमन्त्री

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ७:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन्।

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याए।

‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो। नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुनर्उत्थान गरेका छन्। तिनलाई पुनर्जीवन दिएका छन्’, उनले भने, ‘हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टिजस्ता कुराहरुलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ।’

प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भुमिका खेलेको बताए। उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजीवन दिएको उनको भनाइ छ। फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उनले बताए।

‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो। नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुर्नउत्थान गरेका छन्। तिनलाई पुर्नजीवन दिएका छन्’, उनले भने, ‘हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टिजस्ता कुराहरुलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए। वनको अधिकतम् सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम् प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .