ad ad

राजनीति


नेपाली का‌ंग्रेसको चियापान असोज २६ गते

नेपाली का‌ंग्रेसको चियापान असोज २६ गते

नेपालखबर
असोज १४, २०७६ मंगलबार १४:४६,

नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे। कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ।

नेपाली कांग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रम दशैँको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाका कार्यकर्ताले पार्टीका नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास गरेर नवमण्डले प्रवृत्ति देखिएको दावी गर्दै उनीहरुलाई सच्याउन पनि नेकपाका नेतृत्वलाई सचेत गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .